२२ जेठ २०८३, शुक्रबार

पाल्पाका अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग

असार १८, २०८१
पाल्पा
पाल्पाका अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग

पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित ६ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् । 

हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् ।

दुवै संस्थाले अग्निपीडित परिवारलाई राहतस्वरूप उक्त रकम लत्ताकपडा उपलब्ध गराएका हुन् । 

गत वैशाखमा भएको आगलागीबाट हेक्लाङ खुमडाँडाका ६ वटा घर नष्ट थिए । आगो जङ्गलबाट फैलिएको हो ।

दातृ संस्थाकी पदाधिकारी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यको उपस्थितिमा आज नगद र लत्ताकपडा प्रदान गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्