२५ असार २०८३, बिहीबार

उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चियोः २७ जनाको मृत्यु

असार १८, २०८१
काठमाडौं
उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चियोः २७ जनाको मृत्यु

लखनऊ–भारतको उत्तर प्रदेशस्थित हाथरसमा मङ्गलवार एक धार्मिक कार्यक्रममा २५ महिला र दुई पुरुषसहित २७ जनाको मृत्यु भएको छ ।

घटनाको मुख्य कारण धार्मिक कार्यक्रममा भागदौड हुनु हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति समवेदना प्रकट गर्दै घटनास्थलमा राहत कार्यलाई तीव्रता दिन जिल्ला प्रशासनलाई तत्काल निर्देशन दिएका छन् ।

उनले घाइतेलाई तत्काल अस्पताल पुर्याउन र उचित उपचारको व्यवस्था गर्न अधिकारीहरूलाई निर्देशन दिए ।

जिल्ला प्रशासनका अधिकारीहरूलाई ढिलो नगरी घटनास्थलमा पुग्न र राहत र उद्धार कार्यलाई तीव्रता दिनसमेत उनले निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्