२३ जेठ २०८३, शनिबार

कांग्रेस–एमालेको सहमतिलाई राप्रपा, जनमत र लोसपाको समर्थन

असार १८, २०८१
काठमाडौं
कांग्रेस–एमालेको सहमतिलाई राप्रपा, जनमत र लोसपाको समर्थन

नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बन्न लागेको नयाँ सत्ता समीकरणको सहमतिलाई राप्रपा, जनमत र लोसपाले समर्थन गरेका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलवार बोलाएको बैठकमा यी दलका नेताले नयाँ सहमतिमा समर्थन जनाएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

‘विकसित घटनाक्रमका विषयमा छलफल गर्न सभापतिले राप्रपा, जनमत र लोसपाका नेतालाई बोलाउनुभएको थियो,’ भानुले लोकान्तरसँग भने, ‘उहाँहरूले पछिल्लो समय भएको सहमतिलाई समर्थन गर्नुभएको छ ।’ 

तर सरकारमा बन्ने प्रक्रिया अगाडि नबढेकोले उनीहरूको सरकारमै सहभागी हुने विषयमा भने टुंगो नलागेको जानकारी भानुले दिए । 

राप्रपाले पदाधिकारी बैठक बसेर संविधान संशोधन गर्ने गरी भएको सहमतिको स्वागत गरेको छ । 

मधेसकेन्द्रित सबै दलले पनि पछिल्लो सहमतिप्रति समर्थन जनाएका छन् । 

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, अशोक राई नेतृत्वको जसपा, सीके राउत नेतृत्वको जनमत, महन्थ ठाकुर नेतृत्व लोसपाले नयाँ सहमतिलाई समर्थन जनाएका हुन् । 

नयाँ सत्ता समीकरणमा मधेश प्रदेश मधेशकेन्द्रित दलको भागबण्डामा परेको छ । 

राजनीतिक तहमा सहमति जुटे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएकोले दलहरू पर्ख र हेरको स्थितिमा देखिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्