१५ असार २०८३, सोमबार

क्याम्पस प्रमुख हत्याका थप एक आरोपी पक्राउः पेस्तोल र गोली बरामद

असार १८, २०८१
काठमाडौं
क्याम्पस प्रमुख हत्याका थप एक आरोपी पक्राउः पेस्तोल र गोली बरामद

बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संग्लग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराकै बारागढी गाउँपालिका वडा नम्बर ५ पथरा टोलका हरिहर महरा चमार रहेको जिल्ला प्रहरी कार्यालय, बाराले मंगलवार विज्ञप्ति जारी गर्दै जनाएको छ ।

null

४२ वर्षीय महराको साथबाट कटुवा पेस्तोल एक थान, चेम्बरमा एक थान गोली भएको मेड इन यूएस लेखिएको एउटा पेस्तोल र अटोमेटिक पेस्तोलमा लाग्ने म्यागजिन एक थान बरामद भएको प्रहरीको दाबी छ । हत्यामा प्रयोग भएका यी हतियार उनले बारीमा गाडेर लुकाइराखेको अवस्थामा फेला पारिएको थियो ।

पक्राउ परेका महरालाई जिल्ला अदालत बाराबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संग्लग्न भएको आरोपमा प्रहरीले यसअघि असार ११ गते पनि सात जनालाई पक्राउ गरेको थियो ।

null

विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूको साथबाट ६ राउन्ड गोलसमेत बरामद गरिएको थियो । 

बाराको आदर्श कोतवाल नगरपालिका–३ मा अज्ञात समूहको गोली प्रहारबाट गत जेठ ३२ गते क्याम्पस प्रमुख कुशवाहाको हत्या भएको थियो । 

गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनालगत्तै प्रहरीले शंकास्पद केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । त्यसपछि थप पक्राउ परिरहेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्