०६ असार २०८३, शनिबार

बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध

असार १८, २०८१
लमजुङ
बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध

बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत चामे गाउँपालिका–१ स्थित तिमाङ खोलाको काठेपुल बगाएपछि सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताए। 

 सूचना अधिकारी पोखरेलका अनुसार पुल बगाएको स्थानमा नयाँ काठेपुल बुधबारसम्ममा राखिने छ । आयोजना कार्यालयले काठेपुल राख्न उक्त स्थानको निरीक्षण गरिसकेको छ । पानी निरन्तर परिरहेकाले सडकका विभिन्न भागमा पहिरो खस्ने जोखिम छ । 

यसैबीच निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलानालामा पानीको बहाव बढेकाले तटीय क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सतर्क रहन लमजुङ र मनाङ जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्