१८ असार २०८३, बिहीबार

केन्द्रमा समीकरण फेरबदलसँगै प्रदेशका मन्त्रीलाई पद गुम्ने डर

असार १९, २०८१
विराटनगर
केन्द्रमा समीकरण फेरबदलसँगै प्रदेशका मन्त्रीलाई पद गुम्ने डर

केन्द्रमा सत्ता समीकरण फेरिने पक्का भएसँगै प्रदेश सरकारमा समेत हलचल शुरू भएको छ । समीकरण फेरबदलसँगै प्रदेश सरकारसमेत हेरफेर हुने त निश्चित नै छ ।

नयाँ समीकरण बन्ने भएपछि केहीलाई भने आफ्नो मन्त्री पद गुम्ने डर रहेको छ । 

कांग्रेस सरकारमा आउँदा मन्त्री पद जाने खतरा बढेको कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री लीलावल्लभ अधिकारीले बताए । नयाँ समीकरण बन्दा आफ्नो मन्त्रालय नै कांग्रेसको भागमा पर्न सक्ने उनको भनाइ छ । उनी गत जेठ ४ गते मन्त्री नियुक्त भएका थिए । कोशीमा माओवादीले तीन मन्त्रालय पाएको थियो । 

कोशीमा भौतिक पूर्वाधार विकासमा गणेशप्रसाद उप्रेती, पर्यटन, वन आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँच कर्ण राई मन्त्री छन् । उनीहरू सबै जना एमालेका हुन् । 

उद्योग, कृषि तथा सहकारी मन्त्रालय भने मुख्यमन्त्री आफैंले राखेका छन् । नयाँ समीकरणअनुसार भागबन्डा हुँदा एमालेलाई पहिलाभन्दा घाटा हुने एमाले कै मन्त्रीहरू बताउँछन् ।

सोमबार राति कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्