३२ असार २०८३, बिहीबार

छुरा प्रहारबाट युवा संघका नेताको मृत्यु, दोषीलाई कारबाहीको माग

असार १९, २०८१
बुटवल
छुरा प्रहारबाट युवा संघका नेताको मृत्यु, दोषीलाई कारबाहीको माग

छुरा प्रहारबाट बुटवलका एक युवाको मृत्यु भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्यसमेत बुटवल–७, निवासी ३६ वर्षीय युवा रवि थापाको मृत्यु भएको हो । छुरा प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

घाइते थापाको उपचारका क्रममा निधन भएको युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले जानकारी दिए ।

उनीमाथि गत जेठ २ गते कालिकानगरको एक रेस्टुरेन्टमा छुरा प्रहार भएको थियो ।

घटनामा संलग्नलाई कानूनी कारबाहीका लागि प्रहरी समक्ष ध्यानाकर्षण गराइएको युवा संघका जिल्ला अध्यक्ष बस्नेतले बताए । संघले इलाका प्रहरी कार्यालय बुटवलमा ध्यानाकर्षण हो ।

रेष्टुरेण्टमा रहेको सीसीटीभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचानसमेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको युवा संघको आरोप छ ।

प्रहरी अनुसन्धानप्रति पनि प्रश्नचिन्ह खडा हुनेगरी गतिविधि भएकाले प्रहरी कार्यालयमै पुगेर ध्यानाकर्षण गराइएको अध्यक्ष बस्नेतले बताए ।

घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी विजयराज पण्डितले बताए ।

दोषीलाई पक्राउ गरी कारबाही गर्न युवा संघले प्रहरीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्