१२ साउन २०८३, मंगलबार

भारी वर्षापछि आसाममा बाढीः ज्यान जानेको सङ्ख्या ३८ पुग्यो

असार १९, २०८१
काठमाडौं
भारी वर्षापछि आसाममा बाढीः ज्यान जानेको सङ्ख्या ३८ पुग्यो

गुवाहाटी– भारी वर्षापछि भारतकाे आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको ज्यान लिएको छ ।  विगत २४ घण्टामा बाढीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

जुलाई–२ मा आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए)को बाढी रिपोर्ट अनुसार तीनसुकिया जिल्लामा दुई जनाको मृत्यु भएको छ भने धेमाजी जिल्लामा एक जनाको मृत्यु भई कुल मृतकको सङ्ख्या ३८ पुगेको छ ।

मङ्गलबार २८ जिल्लाका ११ लाख ३४ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएकाले  राज्यमा बाढीको अवस्था गम्भीर बनेको छ ।

प्रशासनले बाढी प्रभावित जिल्लाहरूमा ४८९ राहत शिविर र वितरण केन्द्रहरू स्थापना गरेको छ । जहाँ लगभग दुई लाख ८७ हजार मानिसले शरण लिइरहेका छन् ।

बाढी घरमा पसेपछि धेरै बाढी प्रभावित मानिसहरूले सुरक्षित स्थान, उच्च भूमि, विद्यालय भवन, सडक र पुलहरूमा शरण लिइरहेका छन् ।

स्थानीय प्रशासन, सेना, अर्धसैनिक बल, एसडीआरएफ र सर्कल अफिसका उद्धार टोलीहरू  ठाउँ -ठाउँमा उद्धार कार्यमा संलग्न छन्  । मङ्गलबार विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट लगभग दुई हजार ९०० जनालाई उद्धार गरिएको छ ।

सरकारले मङ्गलबार बाढी प्रभावितलाई चामल, दाल, नुन र तेल वितरण गरेको छ ।

एएसडीएमएको बाढी प्रतिवेदनले आठ लाख ३२ हजार ९९ जनावरहरू पनि बाढीबाट प्रभावित भएको जनाएको छ ।

मङ्गलबार बाढीले ७४ वटा सडक, ६ वटा पुल र १४ वटा तटबन्धलाई क्षति पुर्याएको छ भने पाँच वटा तटबन्धलाई तोडेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्