१६ असार २०८३, मंगलबार

एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

असार २१, २०८१
काठमाडौं
एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

एक किलोग्राम सुनसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ललितपुरको ताल्छीखेलमा शुक्रबार अपरान्ह सुन र ५० लाखसहित पक्राउ परेका पाँच जनामाथि अनुसन्धान गर्दा वसुन्धरामा फ्ल्याट लिएर बसेका उनी पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा भारत महाराष्ट्रका विजय सम्पथ खिलारी छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार यस समूहले संगठित रूपमा सुनको अवैध कारोबार गर्दै आएको खुलेको छ।

पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्