२३ असार २०८३, मंगलबार

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

असार २१, २०८१
जुम्ला
कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्लाको  पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ ।

 तीनजना घाइते भएका छन् । पातारासी– १ निवासी ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए । 

    पातारासी–१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी घाइते भएको सूचना अधिकारी  चन्दले बताए । घाइते तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्