२८ असार २०८३, आइतबार

जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

असार २२, २०८१
काठमाडौं
जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

स्पेन युरो कपको सेमिफाइनल प्रवेश गरेको छ । एमएचपी एरेनामा शनिबार राति सम्पन्न खेलमा जर्मनीलाई २-१ गोलअन्तरले पराजित गर्दै स्पेन सेमिफाइनल प्रवेश गरेको हो ।

५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, स्पेनले अग्रता बचाउन सकेन । जर्मनीका फ्लोरियन विर्ट्जले  निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएका थिए । 

तर, ११९औं मिनेटमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्‍याएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्