२३ असार २०८३, मंगलबार

पहिरोले दुई राजमार्ग अवरुद्ध

असार २२, २०८१
काठमाडौं
पहिरोले दुई राजमार्ग अवरुद्ध

अविरल वर्षासँगैको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाडमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

यस्तै, सिन्धुलीकै गोलन्जोर गाउँपालिका-६ अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुवै सडकमा पहिरो हटाएर यातायात सञ्चालन गर्ने तयारी रहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्