२३ असार २०८३, मंगलबार

क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा

असार २२, २०८१
काठमाडौं
क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा

क्यानाडा कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान सडन डेथमा भेनेजुएलालाई पराजित गर्दै क्यानडाले सेमिफाइनल यात्रा तय गरेको हो । 

टाइब्रेकरमा क्यानाडा ४–३ ले विजयी भयो । 

भेनेजुएलाका लागि छैटौं पेनाल्टी प्रहारमा विल्कर एन्जेल चुकेपछि इस्माएल कोनेल क्यानाडाका तर्फबाट निर्णायक गोल गरे।

यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा सिधैं टाइब्रेकरमा गएको थियो । क्यानाडाले १४ औं मिनेटमा ज्याकोब साफेलबर्गको गोलले अग्रता लिएको थियो ।

भेनेजुएला दोस्रो हाफमा खेलमा फर्कन सफल रह्यो र उसका लागि सालोमन रोन्डोनले ६५ औं मिनेटमा बराबरी गोल फर्काए ।

अब अन्तिम चारमा क्यानडा विश्व च्याम्पियन अर्जेन्टिनाविरुद्ध भिड्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्