०९ साउन २०८३, शनिबार

एमालेले बोलायो संसदीय दलको बैठक

असार २२, २०८१
काठमाडौं
एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो । 

प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 
नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिने तयारी गरेका छन् । तर उनले विश्वासकाे मत पाउने देखिँदैन । 

salt training

कमेन्ट गर्नुहोस्