१६ असार २०८३, मंगलबार

राप्तीको बाढीमा फसेका दुई जनाको उद्धार, एक जना बेपत्ता

असार २२, २०८१
बुटवल
राप्तीको बाढीमा फसेका दुई जनाको उद्धार, एक जना बेपत्ता

दाङको राप्ती नदीमा ठूलो बाढी आएको छ । नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार  गरिएको छ ।

लमही नगरपालिका–७ हस्नापुरस्थित नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको छ भने एक जना बेपत्ता भएका छन् । 

राजपुर गाउँपालिका–२ का किसान दूध बेचेर फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । 

तीन जनासँगै रहे पनि एक जनालाई बाढीले बगाएको थियो । दुई जना सिमलको रुखमा चढेर बसेका थिए । 

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको खोजीका लागि सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट टोली खटिएको छ । 

सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।

राजपुर–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको छ । उनीहरूसँगै रहेका १८ वर्षीय राजकुमार यादव बगेर बेपत्ता भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्