२६ असार २०८३, शुक्रबार

दाङमा बाढीले बगाएर १ जनाको मृत्यु, १ बेपत्ता

दर्जनौं घर डुबानमा
असार २२, २०८१
दाङ
दाङमा बाढीले बगाएर १ जनाको मृत्यु, १ बेपत्ता

दाङमा ​बाढीले बगाएर १ जनाको मृत्यु भएको छ । अर्का १ जना बेपत्ता भएका छन् ।

बाढीले दर्जनौं घर डुबानमा परेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान राप्ती नदीमा आएको बाढीले ट्याक्टर बगाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको हो ।

दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका–२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए।​ उनको सनाखत हुन सकेको छैन ।​​

​लमहीबाट दूध बेचेर फर्किँदै गरेका राजपुर गाउँपालिका–२ का तीन जना लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका थिए ।

बाढीमा फसेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको सकुशल उद्धार गरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्