२० असार २०८३, शनिबार

म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा

असार २२, २०८१
तनहुँ
म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा

अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् ।

शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरू डुबानमा परेका हुन् ।

शुक्रबारसम्म सामान्य रहे पनि आज बिहानदेखि खोलामा जलसहत निकै बढेको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए ।

खोलामा आएको बाढीले यहाँका १४ घर डुबानमा परेका छन् । उनले भने, 'प्रत्येक वर्षको वर्षाका समयमा यहाँ बाढी र डुबानको समस्या हुन्छ, यसको समाधान हुन नसक्दा प्रत्येक वर्ष घर डुबानमा पर्ने तथा स्थानीय विस्थापित हुने गरेका छन् ।'

जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदी तटीय र पहिरो जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि सबैलाई आग्रह गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्