
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नदी किनार तथा डुबान सम्भावित क्षेत्रबाट आवतजावत नगर्न आग्रह गरेको छ ।
शनिबार साँझ एक सूचना जारी गर्दै प्रशासनले नदी किनारमा रहने तथा हिँड्ने व्यक्तिहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोलाहरूमा जल सतह बढ्दा नदी किनारमा रहेका घर टहराहरू र त्यसमा बसोबास गर्ने मानिस एवं चौपाया समेत जोखिममा परेका छन् ।
साथै विपदजन्य कुनै घटना भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको फोन नम्बर ९८५१३३८३२२ र ९८५११००५५९ मा सम्पर्क गर्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।
