१६ असार २०८३, मंगलबार

बक्यौता नतिर्ने उद्योगको लाइन काटियो

असार २५, २०८१
काठमाडौं
बक्यौता नतिर्ने उद्योगको लाइन काटियो

नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने तीन वटा उद्योगको विद्युत लाइन काटेको छ । प्राधिकरणले मंगलबार रिलायन्स स्पिङ्ङ्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । 

प्राधिकरणले बक्यौता तिर्ने आजसम्मको म्याद दिएको थियो भने व्यवसायीहरुचाहिँ त्यसको विरोधमा देखिएका छन् । 

आजै पत्रकार सम्मेलन गरेर केही व्यवसायीले प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेर व्यवसायीहरूलाई धम्क्याउने काम गरेको उद्योगीहरूले आरोप लगाएका थिए । 

प्राधिकरणले भने बक्यौता नतिर्नेहरुले लाइन क्रमशः काट्दै जाने बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्