१० असार २०८३, बुधबार

पहिरोमा परी घाइते भएका दुईमध्ये एक जनाको मृत्यु

असार २५, २०८१
उदयपुर
पहिरोमा परी घाइते भएका दुईमध्ये एक जनाको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका–१५ स्थित रानिवासमा वर्षाको कारण पहिरो गई पुरिएका दुईमध्ये एक जनाको मृत्यु भएको छ ।
आज विहान अन्दाजी ९ः५० बजे सोही ठाउँमा रहेको चार वटा घर पहिरोले पुरिदा घाईते भएका ४० वर्षिया हिरामाया मगर र ८ वर्षिया रुपकला मगरलाई उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी खाबुँमा ल्याईएको थियो । घाईतेमध्ये ८ वर्षिया रुपकला मगरको भने उपचारको क्रममा मृत्यु भएको छ ।  
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण उदयपुर र नेपाल प्रहरीको संयुक्त टोली उनीहरुको उद्धार कार्यमा जुटेको थियो । साथै सो स्थानमा जोखिमयुक्त रहेका १० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
त्यसैगरी सोही जिल्लाको त्रियुगा नगरपालिका–१० घाईघाटस्थित साउनेमा अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध सडक सुचारु गरिएको सशस्त्र प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्