२५ असार २०८३, बिहीबार

भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द, विश्वविद्यालयका परीक्षा स्थगित

असार २६, २०८१
काठमाडौं
भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द, विश्वविद्यालयका परीक्षा स्थगित

नयाँ दिल्ली–भारी वर्षाका कारण मङ्गलबार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्था बन्द भएका छन् भने विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ ।

भारी वर्षापछि रेल तथा उडान सेवाहरू पनि प्रभावित भएका छन् । सोमबार विभिन्न स्थानमा तीन सय मिलि मिटरभन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न क्षेत्र जलमग्न भएका छन् । 

वर्षाको अनुचित प्रभावले मुम्बई विश्वविद्यालयमा मङ्गलबारका लागि निर्धारित सबै परीक्षाहरू स्थगित गरिएको तथा नयाँ मिति चाँडै घोषणा गरिने विश्वविद्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

जनताको सुरक्षा सुनिश्चित गर्न, राष्ट्रिय विपद् व्यवस्थापन  बलका टोलीहरू ठाणे, वसई, महाड, चिप्लुन, कोल्हापुर, साङ्गली, सतारा घाटकोपर, कुर्ला र सिन्धुदुर्ग लगायत मुम्बई र वरपरका क्षेत्रमा तैनाथ गरिएको छ । यसैगरी तल्लो क्षेत्रमा फसेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

भारतीय मौसम विभागले मुम्बई र महाराष्ट्र राज्यका अन्य भागहरूमा आगामी दुई दिनसम्म भारी वर्षा जारी रहने बताएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्