०५ साउन २०८३, मंगलबार

सूर्यबाट आउने रेडियो तरङ्गको खोजीमा नासा

असार २६, २०८१
काठमाडौं
सूर्यबाट आउने रेडियो तरङ्गको खोजीमा नासा

न्युयोर्क– सूर्यबाट आउने रेडियो तरङ्ग (वेब) उत्पन्न हुने स्रोतको खोजीका लागि नासाको क्युबसैट रेडियो इन्टरफेरोमेट्री एक्सपेरिन्ट (क्युरी) मङ्गलबार प्रक्षेपण गरिएको छ । 

क्युरीले युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को एरियन–६ रकेट कोउरोस्थित गुयाना स्पेस सेन्टरबाट प्रक्षेपण गरेको हो  । उक्त रकेट पृथ्वीको सतहबाट ३६० माइल (लगभग ५८० किलोमिटर) को उचाइमा उडान गर्नेछ । रेडियो इन्टरफेरोमेट्री एक्सपेरिमेन्ट मिसनले सूर्यको विष्फोटनबाट निस्कने रेडियो तरङ्गको उत्सर्जनबारे अध्ययन गर्ने लक्ष्य राखेको छ । 

क्यालिफोर्निया विश्वविद्यालय बर्कलेको टोलीद्वारा डिजाइन गरिएको क्युरी अन्तरिक्षबाट ०.१–१९ मेगाहर्ज फ्रिक्वेन्सी दायरामा रेडियो तरङ्ग मापन गर्ने आफ्नो पहिलो मिसन भएको ईएसएले जनाएको छ । यी यस प्रकारको अनुसन्धान अन्तरिक्षबाट मात्र गर्न सकिन्छ ।

‘सौर्य रेडियो तरङ्ग अनुसन्धानका क्रममा, क्युरीले लो फ्रिक्वेन्सी रेडियो इन्टरफेरोमेट्री नामक प्रविधि प्रयोग गर्नेछ । यसअघि अन्तरिक्षमा यो प्रविधि कहिल्यै प्रयोग गरिएको थिएन । यसले पृथ्वीलाई करिब दुई माइल टाढा परिक्रमा गर्नेछ,’ नासाले उल्लेख गरेको छ ।

यस प्रयोगले रेडियोका ती तरङ्गहरू कहाँबाट आइरहेका छन् भन्ने पत्ता लगाउने प्रयास गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्