०५ साउन २०८३, मंगलबार

ताप्लेजुङमा भूकम्पको धक्का

असार २६, २०८१
काठमाडौं
ताप्लेजुङमा भूकम्पको धक्का

सुदूरपूर्वी हिमाली तथा पहाडी जिल्ला ताप्लेजुङमा भूकम्प गएको छ । जिल्लाकाे तापेथोक केन्द्रविन्दू भएर मंगलवार मध्यराति भूकम्प गएको हो ।

४.४ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले लोकान्तरलाई जानकारी दिएको छ ।

भूकम्पको क्षतिबारे कुनै विवरण नआएको र बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए । उनका अनुसार भूकम्पको केन्द्रविन्दू रहेको तापेथोकमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको जनाइएको छ । 
  

salt training

कमेन्ट गर्नुहोस्