२३ असार २०८३, मंगलबार

दाउरा निकाल्ने क्रममा नदीले बगाएर एकजना बेपत्ता

असार २६, २०८१
तनहुँ
दाउरा निकाल्ने क्रममा नदीले बगाएर एकजना बेपत्ता
प्रतीकात्मक तस्वीर ।

बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा बुधवार बिहान एकजना बेपत्ता भएका छन् ।

व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बेपत्ता थापाको खोजी जारी रहेको जानकारी दिए ।

बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका  मानिसको भीड लाग्ने गर्दछ । –रासस–

salt training

कमेन्ट गर्नुहोस्