०४ साउन २०८३, सोमबार

मन्त्री छान्ने मापदण्डका विषयमा छलफल गर्न च्यासलमा एमाले सचिवालय बैठक

असार २६, २०८१
काठमाडौं
मन्त्री छान्ने मापदण्डका विषयमा छलफल गर्न च्यासलमा एमाले सचिवालय बैठक

नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ । नेपाली कांग्रेससँग सत्ता समीकरण बनाउने सहमतिपछि मन्त्री छान्ने मापदण्ड र नेताहरूको कार्यविभाजन सहितका विषयमा छलफल गर्न बुधबार बिहान च्यासलस्थित केन्द्रीय कार्यालयमा एमालेको सचिवालय बैठक शुरू भएको हो । 

एमालेले यसपटक प्रभावकारी काम गर्न सक्ने सांसदलाई मन्त्री बनाउने तयारी गरेको छ । यसको लागि यसअघि मन्त्री, सांसद र नेताका रूपमा गरेका कार्यसम्पादनलाई आधार मान्दै मन्त्री चयन गर्ने तयारी एमालेको छ । यसपटक केही नयाँ अनुहारका नेतालाई पनि मन्त्री बनाउने तयारी एमालेको छ । 
असार १७ गते एमाले र कांग्रेसबीच नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको छ । 

समझदारीअनुसार पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नेछन् । त्यसपछिको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्नेछन् । 

कांग्रेस र एमालेबीच मन्त्रालय आधा आधा भागबन्डा  गर्ने समझदारी पनि भएको छ । अर्थ एमाले र गृह मन्त्रालय कांग्रेसले लिने समझदारी भए पनि अरु मन्त्रालयको भागबन्डा पनि टुंगिसकेको छैन । 

मन्त्री छान्ने मापदण्ड बनाउने र प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने प्रक्रिया पूरा गरेपछि सरकार गठनको प्रक्रियामा लाग्ने तयारीमा कांग्रेस र एमाले छन् ।

salt training

कमेन्ट गर्नुहोस्