०४ साउन २०८३, सोमबार

भोजपुरमा अविरल वर्षाः मध्यपहाडी लोकमार्ग भासियो

असार २६, २०८१
भोजपुर
भोजपुरमा अविरल वर्षाः मध्यपहाडी लोकमार्ग भासियो

अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर–चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । 

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएकाे टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् । उक्त स्थानमा बुधवार बिहान सडक भासिएको हो ।

‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ,’ उपाध्यक्ष राईले भनिन्, ‘सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुनसक्छ ।’ –रासस 

कमेन्ट गर्नुहोस्