०५ साउन २०८३, मंगलबार

आफ्ना कुरा राख्न सहकारी पीडितहरू संसदीय विशेष समितिमा

असार २६, २०८१
काठमाडौं
आफ्ना कुरा राख्न सहकारी पीडितहरू संसदीय विशेष समितिमा

सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सहकारी पीडितहरूसँग छलफल गरेको छ । संसद् सचिवालय सिंहदरबारमा बुधवार बसेको बैठकमा सहकारी पीडितहरूलाई आमन्त्रण गरिएको हो ।

विभिन्न सहकारीबाट ठगिएका पीडितको संघर्ष समितिका अगुवाहरू छलफलमा सहभागी छन् । सहकारी विभागका पूर्वरजिष्ट्रार, सहकारी विज्ञ, गृहसचिव र प्रहरी महानिरीक्षक लगायतसँग समितिले छलफल गरिसकेको छ । 

समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको गोरखा मिडियामा विभिन्न सहकारीबाट गएको रकमबारे समेत छानबिन गर्ने जिम्मा पाएको छ । 

नेकपा (एमाले)का सांसद सूर्य थापा संयोजकत्वको समितिलाई सहकारी समस्याबारे सुझावसहितको प्रतिवेदन बनाउने कार्यादेश छ । 
 

salt training

कमेन्ट गर्नुहोस्