१७ असार २०८३, बुधबार

६० केजी सुन प्रकरण : १७ जना पुर्पक्षका लागि थुनामा, ३ जनालाई धरौटीमा छाड्न आदेश

असार २६, २०८१
काठमाडौं
६० केजी सुन प्रकरण : १७ जना पुर्पक्षका लागि थुनामा, ३ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं जिल्ला अदालतले ६० केजी सुन तस्करी प्रकरणमा पूरक अनुसन्धानका क्रममा पक्राउ परेका ३ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । बाँकी १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

बुधबार भएको सुनुवाइपछि न्यायाधीश कपिलमणि गौतमको इजलासले १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार प्रेमनाथ सेढाईं, कान्छा लामा र रुपक भण्डारीलाई धरौटीमा छाड्न आदेश दिइएको हो ।​

यस्तै, सेढाईंसँग ‍‍५७ लाख, लामा र भण्डारीसँग ९७/९७ लाख धरौटी माग गरिएको छ ।

त्यस्तै सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश भोइटे, प्रशान्त गणेश बजबलकर, चिनियाँ नागरिक गेन्जा झाछी, नेपाली नागरिकतामा सोनाम गुरुङ भएको चिनियाँ नागरिक शेराप, राजु पलासे भन्ने राजु खत्री, मनोजराज श्रेष्ठ, बैजनाथ ब्रह्मादत्त गोयल, सुरेन्द्रमान श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।​

पेवेल नामक भुक्तानी प्रदायक सेवा सञ्चालन गरेका अध्यक्ष भीमप्रसाद तिमल्सिना र उनीसँगै प्रज्वल आचार्य र सुरजशम्शेर जबरा पनि पुर्पक्षका लागि थुनामा जाने भएका छन् ।

त्यस्तै अर्को पेमेन्ट गेटवे सजिलो पेका सीईओ कश्यप मानन्धर र अन्य कर्मचारी फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, शुशीला जाकिबन्जा र एजेन्टहरू लालबहादुर कुँवर र अरुणकुमार यादवलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

चीनबाट स्कूटरको ब्रेक शुमार्फत सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले गरेको दोस्रो चरणको अनुसन्धानका क्रममा प्रतिवादीहरू पक्राउ परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्