१२ असार २०८३, शुक्रबार

नयाँ भर्ना भएका सेनाको आधार तालिम सम्पन्न

असार २६, २०८१
काठमाडौं
नयाँ भर्ना भएका सेनाको आधार तालिम सम्पन्न

नेपाली सेनामा भर्ना भएका सात सय ५४ महिलासहित तीन हजार आठ सय ८७ जनशक्तिले सैन्य आधार तालिम पूरा गरेका छन् ।
 
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले देशका विभिन्न २६ स्थानमा गत भदौ ३ गतेदेखि सञ्चालित सैन्य आधार तालिम सम्पन्न भएको जनाएको हो । तालिम समापनका अवसरमा सैन्य जवानलाई अन्तिम दलेल कवाज प्रदर्शनीसगै दीक्षित गरिएको थियो ।  

यसैबीच,  सैन्य तालिम केन्द्र त्रिशूलीमा बलाधिकृतरथी अशोक सिग्देलले सैन्यद्वारा प्रस्तुत कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्