१५ असार २०८३, सोमबार

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

असार २६, २०८१
विराटनगर
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

 विराटनगर महानगरपालिकाले पुँजीगत खर्चमा सुधार भएको छ । गत आर्थिक वर्षमा ५० प्रतिशत पुँजीगत खर्च गरेकामा चालु आर्थिक वर्षमा थप १५ प्रतिशत सुधार गर्दै ६५ प्रतिशत खर्च गरिएको महानगरले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ रु एक अर्ब ६७ करोड ५१ लाख विनियोजन गरेकामा रु एक अर्ब आठ करोड ९१ लाख खर्च गरिएको महानगर प्रमुख नागेश कोइरालाले जानकारी दिए । नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबीचको प्रभावकारी समन्वयका कारण पुँजीगत खर्च बढेको उनको भनाइ छ । 

    चालुतर्फ रु एक अर्ब ६३ करोड विनियोजन गरिएकामा रु एक अर्ब ३८ करोड ३७ हजार खर्च गरी ८४ दशमलव ५५ प्रतिशत प्रगति हासिल गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । 

    महानगरले वित्तीय व्यवस्थापनतर्फ रु पाँच करोड विनियोजन गरेकामा रु चार करोड ७३ लाख खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्षमा कूल ७५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । गत वर्ष ६४ प्रतिशत मात्र खर्च गरिएको थियो ।

    महानगर लेखा शाखा प्रमुख सञ्जीव भट्टराईले रु तीन अर्ब ३६ करोड १७ लाख बजेट विनियोजन गरेकामा रु दुई अर्ब  अर्ब ५२ करोड एक लाख खर्च गरिएको बताउनुभयो । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु तीन अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्