२६ असार २०८३, शुक्रबार

प्रतिनिधिसभा बैठक बस्दै

असार २७, २०८१
काठमाडौं
प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभाको बैठक आज (बिहीवार) बस्दै छ । बैठक अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको हो ।

बैठकमा आज एकमात्र सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।

null

यही असार १७ गते मध्यराति प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले सहकार्यको सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । 

उनले असार २८ गते संसदबाट विश्वासको मत लिँदैछन् ।

यस्तै आजै राष्ट्रियसभाको बैठक पनि बस्दैछ । बैठक दिउँसो १ः१५ बजे शुरू हुने संसद् सचिवालयले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्