
चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
बिहीवार बिहान पहिरो पन्छाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले लोकान्तरलाई जानकारी दिइन् ।
राजमार्ग दुईतर्फी नै खुलाउन सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उनले बताइन् ।
पहिरोका कारण बिहीवार सबेरै गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका थिए । अहिले पुनः सञ्चालनमा आएका छन् ।
सडक विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा शुरू भएसँगै पटक–पटक पहिरो खसेर सवारी आवागमन अवरुद्ध हुने गरेको छ ।