२८ असार २०८३, आइतबार

पिज्जा हटमा ५० प्रतिशत छुट​

असार २७, २०८१
काठमाडौं
पिज्जा हटमा ५० प्रतिशत छुट​

पिज्जा हटले ५० प्रतिशत छुट योजना ल्याएको छ ।

'डन्ट कुक थस्डे' अफर अन्तर्गत सिग्नेचर र सुप्रिम रेन्जका पिज्जाहरूमा छुट योजना ल्याइएको कम्पनीले जनाएको छ । यो योजना हरेक बिहीबार लागू हुनेछ ।

कम्पनीका अनुसार यो योजनाले ग्राहकहरूलाई खाना पकाउनबाट विश्राम लिन र पिज्जा हटको प्रख्यात मिडियम प्यान पिज्जाको स्वाद आधा मूल्यमा लिन प्रोत्साहित गर्नेछ ।

बिहीबारको दिन मात्रै उपलब्ध यो प्रस्तावले समान रूपमा सुविधाजनक र किफायती भोजनको विकल्प प्रदान गर्नेछ ।​

पिज्जा हटको सिग्नेचर प्यान पिज्जा बाक्लो र फ्लफी क्रस्टको लागि प्रख्यात छ । बाहिर क्रिस्पी र भित्री नरमस मोजारेला चिज र अन्य स्वादिलो टपिङ्गले भरिएका हुन्छन् ।​

पिज्जा हट रेस्टुरेन्टहरू अहिले काठमाडौंको दरबारमार्ग, आईप्लेक्स मल- बानेश्वर, भाटभटेनी- थिमि, सुखानगर- बुटवल, द सेन्चुरियन मल- विराटनगर र द स्काइलाइन मल- वीरगन्जमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्