१९ असार २०८३, शुक्रबार

मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध

असार २८, २०८१
काठमाडौं
मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध

पहिरोका कारण मुग्लिङ-नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ । शुक्रबार बिहान ४ बजे चितवनको कालीखोलामा पहिरो आई सडक अवरुद्ध भएको छ । 

सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउने कार्यको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएको र अबको करिब २ घण्टामा सडक सुचारु हुने जनाइएको छ । 

यस्तै सिमलताल अर्को पहिरो पनि गएको छ । उक्त पहिरोले दुई बस बगाएको आशंका गरिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा पहिरो हटाउन डोजर परिचालन गरिनुका साथै बगाएको भनिएको बसको खोजीकार्य जारी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्