०८ साउन २०८३, शुक्रबार

त्रिशूलीमा बेपत्ता दुई बसमा कति थिए यात्रु ?

असार २८, २०८१
काठमाडौं
त्रिशूलीमा बेपत्ता दुई बसमा कति थिए यात्रु ?

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा कम्तीमा ६५ जना यात्रु रहेको पाइएको छ ।

ती बसमा चालकसहित ६५ जना रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । 

प्रजिअ यादवका अनुसार  गौर जाँदै गरेको बसमा ४१  र काठमाडौं आउँदै गरेको बसमा २४ जना रहेका थिए । 

त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा यात्रुबाहक बसको खोजी र उद्धारका लागि सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगिसकेको छ ।

सशस्त्रको गाेताखोर टोली नदीभित्र छिरेर बसको खोजी गरिरहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धार टोली डुबेको बसको अवस्था शुक्रवार बिहान करिब ८ बजेसम्म फेला पार्न नसकेको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्