०१ असार २०८३, सोमबार

ढुङ्गा लागेर चालकको मृत्यु

असार २८, २०८१
चितवन
ढुङ्गा लागेर चालकको मृत्यु

भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुङ्गाले लागेको थियो । 

आज बिहान दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनापछि बसमा सवार यात्रु अलपत्र परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्