१३ असार २०८३, शनिबार

सिन्धुलीको गोलान्जोरमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

असार २८, २०८१
काठमाडौं
सिन्धुलीको गोलान्जोरमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

सिन्धुलीको गोलान्जोर गाउँपालिका–७ मा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको विङगर हायस आज बिहान पौने १२ बजे सुनकोशी मरीन डाईभर्सन ईलाकामा दुर्घटना भएको हो । 

दुर्घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपत व्यवस्थापन सुरक्षा बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ४ जना गोताखोरसहित ७ जना र नेपाल प्रहरीको टोली खटिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिए ।

उनका अनुसार घाइतेलाई स्थानीय जीवन अस्पताल खुर्कोट पठाइएको हो । 

salt training

कमेन्ट गर्नुहोस्