
नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई गीतमार्फत् नै जवाफ दिएका छन् । प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतमाथिको छलफलमा भट्टराईले प्रचण्डलाई गीतमार्फत् नै जवाफ दिएका हुन् ।
जवाफमा आज भट्टराईले उदित नारायण झा र दीपा झाले गाएको र कालीप्रसाद रिजालको शब्दमा रहेको गीतमार्फत् जवाफ फर्काएका हुन् ।
उनले भने, कसले देला तिमीलाई माया मैले दिए जति
झिक तुलो जोखौं आज कसको माया कति..
यसअघि प्रचण्डले एमालेका ८ जना मन्त्रीले गत बुधबार सामूहिक राजीनामा बुझाइरहँदा प्रधानमन्त्री प्रचण्डले फत्तेमान राजभण्डारीले स्वर दिएको र यादव खरेलले रचना गरेको यो गीत सुनाएका थिए ।
उनले भनेका थिए,
जिन्दगीमा कहिले–कहिले
कसैलाई माया गर्नु
एउटा भूल गरें मैले...