
बेसुरा गीत गाएर चर्चामा आएकी भारतीय युवती ढिंचक पूजा फेरि एक नयाँ खबरले चर्चामा आएकी छन् ।
बेसुरा गीत गाएरै भारतको चर्चित रियालिटी शो ‘बिग बोस’मा सहभागीता जनाउन सक्षम भएकी पूजा कपालमा परेका जुम्राका कारण चर्चामा आएकी हुन् ।
खासमा उनको कपालमा पहिलेदेखि नै जुम्रा रहेको उनका साथीको भनाइ छ । त्यो कुरा तब बाहिर आयो जब उनी ‘बिग बोस’का अन्य प्रतिस्पर्धीसँग घूलमिल हुन लागिन् ।
पूजाको कपालमा जुम्रा भएपछि अहिले बिग बोसका अन्य प्रतिस्पर्धीहरु पनि समस्यामा परेका छन् । कतिपयले त पूजाबाट आफूमा पनि जुम्रा सर्नेभन्दै उनको नजिक नै आउन छाडिदिएका छन् ।
तर केही साथीले भने उनलाई कपालका जुम्रा हटाउन औषधीको प्रयोग गर्न पनि सुझाव दिएका छन् ।