१४ असार २०८३, आइतबार

सम्पर्कविहीनको खोजी तीव्र बनाउन किसान महासङ्घको माग

असार २८, २०८१
काठमाडौं
सम्पर्कविहीनको खोजी तीव्र बनाउन किसान महासङ्घको माग

 नेपाल किसान महासङ्घले अविरल वर्षाका कारण सम्पर्कविहीन भएकाको खोजी तीव्र बनाउन र पीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ । 

पीडितलाई बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सबै खर्चको व्यवस्था गर्न, मृत्यु भएका परिवारलाई राहत व्यवस्था गराउन महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासङ्घका सबै तहलाई राहत र उद्धारमा खट्न पनि निर्देशन दिइएको उनले बताए । 

    आज बिहान नारायणगढ–मुग्लिन सडक खण्डमा दुईवटा बस दुर्घटनामा परी करिब पाँच दर्जनभन्दा बढी बेपत्ता भएको घटनाले महासङ्घलाई दुःखित बनाएकाले यस्तो अवस्था नआउने गरी काम गर्न विज्ञप्तिमार्फत सरकारसँग माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्