१० असार २०८३, बुधबार

अनलाइनमार्फत ठगी गरेको आरोपमा महिला पक्राउ

असार २९, २०८१
काठमाडौं
अनलाइनमार्फत ठगी गरेको आरोपमा महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले अनलाइनमार्फत ठगी गरेको आरोपमा महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन् ।​

उनले तनहुँको व्यास नगरपालिका–१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर ५ लाख रुपैयाँ ठगी गरेकी थिइन् । 

पक्राउ परेकी थापाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्