०६ असार २०८३, शनिबार

म्यान्माको याङ्गुन नदीबाट पाँच जनाको शव निकालियो

असार २९, २०८१
काठमाडौं
म्यान्माको याङ्गुन नदीबाट पाँच जनाको शव निकालियो

म्यानमाका उद्धारकर्ताहरूले व्यवसायिक केन्द्र याङ्गुन नदीमा डुङ्गा दुर्घटनामा परेका १२ वर्षीया बालिकासहित पाँच जनाको शव भेटिएको स्थानीय अग्नि नियन्त्रण सेवाले जनाएको छ । 

स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार उक्त डुङ्गा बुधबार अर्को जहाजसँग ठोक्किएपछि याङ्गुन नदीमा डुबेको थियो ।  

'उद्धारकर्ताहरूले नदीबाट पाँच जनाको शव फेला पारेका छन्,' अग्नि नियन्त्रण सेवाले सेवाले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

तीन जना पुरुष, एक १६ वर्षीय बालक र एक १२ वर्षीया बालिकाको शव याङ्गुन जनरल अस्पतालमा पठाइएको विज्ञप्तिमा जनाइएको छ । 

अल्पविकसित यातायात र कमजोर रूपमा लागु गरिएका सुरक्षा नियमहरूका कारण म्यानमामा डुङ्गा दुर्घटनाका घटनाहरू सामान्य छन् । 

salt training

कमेन्ट गर्नुहोस्