२४ असार २०८३, बुधबार

देशका विभिन्न ठाउँमा सात जना मृत फेला

असार २९, २०८१
काठमाडौं
देशका विभिन्न ठाउँमा सात जना मृत फेला

देशका विभिन्न ठाउँमा सात जना मृत फेला परेका छन् । कास्की, भोजपुर, चितवन, कपिलवस्तु, नुवाकोट, उदयपुर र धादिङमा गरी शनिबार सात जना मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

कास्कीको पोखरा महानगरपालिका-१६ कालिखोला बस्ने ७२ वर्षीय सार्की तामाङ सोही ठाउँस्थित कालिखोलाको बगरमा मृत अवस्थामा फेला परेका हुन् । 

यस्तै, भोजपुरको टेम्केमैयुम गाउँपालिका-९ छिकुवा बस्ने ४६ वर्षीया लिला राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । 

चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीको किनारमा भारत बिहार सितामणि बर्गेनिया जमुनिया बस्ने २८ वर्षीय ऋषि पल साह मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

यसैगरी कपिलवस्तुको महाराजगंज नगरपालिका-३ जमुनीस्थित सडक छेउको नालीमा बुद्धभूमि नगरपालिका-१० धनकौली बस्ने ४२ वर्षीय प्रभु रैदास (चमार) मृत अवस्थामा फेला परेका छन् । 

नुवाकोटको लिखु गाउँपालिका-५ पहरेखेतस्थित लिखु खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । 

यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाईस्थित त्रियुगा खोलाको बीचमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । 

धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ शीतलबजारस्थित त्रिशुली नदीमा पनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

मृत भेटिएका शवहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्