१६ असार २०८३, मंगलबार

प्रहरी जवानको परीक्षाबाट ६ जना नक्कली परीक्षार्थी पक्राउ

असार २९, २०८१
काठमाडौं
प्रहरी जवानको परीक्षाबाट ६ जना नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवान पदका लागि अर्कै व्यक्तिको नाममा परीक्षा दिन पुगेका ६ जना पक्राउ परेका छन् ।

शनिबार भएको प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा रित शाहीको परीक्षा दिने अभिषेक शाही, हिक्मतबहादुर थापाको परीक्षा दिन इशाक तामाङ, शर्मिला शाहीको सट्टामा परीक्षा दिने तृप्ति सुन्दास,​ रोशन खत्रीको परीक्षा दिन पुगेका पारस बुढा, सविन महराको नाममा परीक्षा दिन पुगेका रवीन्द्र महरा र ​प्रदीप बस्यालको नाममा परीक्षा दिन पुगेका दिनेश चन्द रहेका प्रहरीले जनाएको छ ।

३ जनालाई प्रहरी वृत्त बानेश्वर, २ जना प्रहरी वृत्त गौशाला र एक जनालाई  प्रहरी वृत्त सिंहदरबारमा राखेर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्