२४ असार २०८३, बुधबार

पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी​

असार २९, २०८१
काठमाडौं
पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी​

लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ ।

ट्राफिक प्रहरी कार्यालयले सडक डिभिजन कार्यालय र निर्माण कम्पनी चाइना रेल्वेसँगको समन्वयमा खाल्डाखुल्डी पुर्न थालेको हो । 

ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्बरबहादुर पुरीले सम्भावित दुर्घटना रोक्न सडक न्यूनीकरणका लागि शुक्रबारदेखि चोहर्वा—सिरहा खण्डबाट खाल्डाखुल्डी पुर्न शुरू गरिएको जानकारी दिए । उनले आज पनि उक्त कार्यलाई निरन्तरता दिएको बताए । 

सडकमा परेका खाल्डाखुल्डीले सवारी आवागमनमा समस्या भएकाले खाल्डाखुल्डी पुर्ने र सडकमा छरिएका गिट्टी, बालुवासमेत हटाउने काम गरेको उनको भनाइ छ ।

'लगातारको वर्षापछि सडकमा ठूला खाल्डाखुल्डी परेका छन्, यसले सवारी आवागमनमा समस्या भएको छ,' ट्राफिक प्रमुख पुरीले भने, 'सडक डिभिजन र निर्माण कम्पनी चाइना रेल वे कम्पनीसँग समन्वय गरी ग्राभेल हाल्ने र जोखियुक्त ठाउँमा भएका बालुवा तथा गिट्टी हटाउने काम भइरहेको छ ।'​

चाइना रेल्वे कम्पनीले पूर्वपश्चिम राजमार्ग स्तरोन्नति र विस्तारको काम गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्