१८ असार २०८३, बिहीबार

नुहाउने क्रममा  नदीमा डुबेका बालक बेपत्ता

असार ३०, २०८१
सिरहा
नुहाउने क्रममा  नदीमा डुबेका बालक बेपत्ता

सिराहाको कमला नदीमा नुहाउने क्रममा शनिवार अपराह्न डुबेका बालक अझै फेला परेका छैनन्। कल्याणपुर नगरपालिका ५ भोक्राहाका रामदेव खड्गा यादवका ११ वर्षीय छोरा क्षितिज यादव साथीहरूसँग कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

सिराहा सदरमुकाम बस्दै आएका क्षितिज परिवारसँग गाउँमा दिदीको विवाहमा गएका थिए। विवाहमा गएका बेला साथीहरूसँग नुहाउने क्रममा उनी डुबेको हुनसक्ने कल्याणपुर नगरपालिका ६ का वडाध्यक्ष दिनेशकुमार साहले जानकारी दिए। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी कार्य गरिरहेको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्