०५ साउन २०८३, मंगलबार

अफगानिस्तानमा सडक दुर्घटनाः ६ जनाको मृत्यु

असार ३०, २०८१
काठमाडौं
अफगानिस्तानमा सडक दुर्घटनाः ६ जनाको मृत्यु

पुल–ए–खुमरी– उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य ५  जना घाइते भएको प्रान्तीय प्रहरी कार्यालयले शनिबार जनाएको छ। 

प्रान्तको डान्ड घोरी जिल्लामा शनिबार एक सैन्य गाडी यात्रु कारसँग ठोक्किदा घातक दुर्घटना भएको हो । 

त्यसैगरी, प्रान्तको राजधानी पुल–ए–खुमरी शहरको हुसेनखैल क्षेत्रमा शनिबार राति मोटरसाइकल र गाडी ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

अफगानिस्तानमा सडकको खराब अवस्था, लापरवाह ड्राइभिङ, कठिन भौगोलिक अवस्था , तीव्र गतिलगायतका कारण सडक दुर्घटनाहरू सामान्य छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्