२१ जेठ २०८३, बिहीबार

कुवामा डुबेर दिदीबहिनीको मृत्यु

असार ३०, २०८१
स्याङ्जा
कुवामा डुबेर दिदीबहिनीको मृत्यु

स्याङ्जामा पानीको कुवामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा १४ वर्षीया लक्ष्मी थापा र १२ वर्षीया सुस्मिता थापा रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए ।

लक्ष्मी कक्षा ९ मा र बहिनी सुस्मिता कक्षा ५ मा पढ्दै आएकी थिइन् ।

घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कुवामा नुहाउन र कपडा धुनका गएका बेला डुबेर मृत्यु भएको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता रानाले बताए।

salt training

कमेन्ट गर्नुहोस्