२३ जेठ २०८३, शनिबार

उच्च बहाब तथा धमिलो पानीका बाबजुद खोजी कार्यलाई निरन्तरता, ६ वटा शव फेला

असार ३०, २०८१
काठमाडौं
उच्च बहाब तथा धमिलो पानीका बाबजुद खोजी कार्यलाई निरन्तरता, ६ वटा शव फेला

नेपाली सेनासहितको खोज तथा उद्धार टोलीले चितवनको सिमलताल पहिरोले बगाएका दुई बस र त्यसमा सवार यात्रुको खोजीकार्य जारी राखेको छ । 

असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको र काठमाडौँबाट गौरतर्फ गइरहेको यात्रु बाहक बसहरू पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका थिए । 

घटनापश्चात खोज तथा उद्धार कार्यको लागि गोताखोर सहित परिचालित नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त फौजले नदीको उच्च बहाब तथा धमिलो पानीको बाबजुद पनि खोजी कार्यलाई निरन्तरता दिइरहेको सेनाका प्रवक्ता गौरव कुमार कर्कीले जानकारी दिए । उनकाअनुसार खोजीको क्रममा उद्धार टोलीले ६ वटा शव फेला पारेको छ । जसमध्ये ४ वटा शव दुर्घटना परेका बसका यात्रुको र २ वटा शव सनाखत हुन बाँकी रहेको उनको भनाइ छ । 

यसैबीच आइतबार गृह सचिव एक नारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, बलाधिकृत रथी अशोकराज सिग्देल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक सहितको टोलीले घटनास्थलमा पुगी खोजी कार्यका बारेमा जानकारी लिएको सेनाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्