०१ असार २०८३, सोमबार

प्रधानमन्त्री बनेपछि ओलीको प्रतिक्रिया- जिम्मेवारी आएको छ, सफलतासाथ पूरा गर्छु

असार ३१, २०८१
काठमाडौं
प्रधानमन्त्री बनेपछि ओलीको प्रतिक्रिया- जिम्मेवारी आएको छ, सफलतासाथ पूरा गर्छु
फाइल तस्वीर

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पाएको जिम्मेवारी सफलताका साथ पूरा गर्ने बताएका छन् । 

आइतबार चौथोपटक प्रधानमन्त्री नियुक्त भएपछि आफ्नै निवास बालकोटमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले आफूले पाएको जिम्मेवारी सफलताका साथ पूरा गर्ने बताएका हुन् । ‘एउटा जिम्मेवारी आएको छ, सफलताका साथ पूरा गर्छु,’ उनले भने । 

बाढीपहिरोबाट देशभर ठूलो जनधनको क्षति भएको भन्दै अविलम्ब समस्याको समाधान गर्नेगरी काम गर्ने उनले बताए । बाढीपहिरोले वितण्डा मच्चाएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने,‘त्यसको अविलम्ब समस्याको समाधान गर्नेगरी काम गर्छु ।’ 

ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । ओलीलाई आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउने कार्यक्रम छ । 

पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । 

ओलीको यो चौथो कार्यकाल हो । यसअघि २०७२, २०७४ र २०७८ मा गरी ओली तीनपटक प्रधानमन्त्री भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्